Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पूर्वमन्त्री आलमका भाइ भारतबाट पक्राउ


    सोमबार, मंसिर २२ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । प्रदेश नम्वर दुई प्रहरी कार्यालयको टोलीले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको छ ।

    महताव आलमलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । मोतिहारीबाट पक्राउ परेका उनलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रौतहट ल्याइँदै गरेको छ ।

    २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घटनामा महताव फरार थिए । घटनाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव नख्खु कारागारमा सजाय भोगिरहेका छन्।

    संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आलम दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको खुलेको थियो ।

    यसअघी आलम हिरासतमा रहेकाे बेला फरार अभियुक्त उनका भाइ महताव पक्राउ गर्न गएको बेला लफडा भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

    घरमा खानतलासी गर्ने क्रममा अबरोध भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । उनी फरार भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार