Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ३० बर्षे सेवावधिको भ्याकेट निवेदनः प्रहरीतर्फका कानुन ब्यवसायीद्वारा इजलास बहिस्कार


    शुक्रबार, भाद्र १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा सरकारले दिएको भ्याकेट निवेदन प्रहरीतर्फका कानुन ब्यवसायीले बहिस्कार गरेका छन् ।

    आज प्रहरीतर्फका कानुन ब्यवसायीले रातारात म्याद बुझाएर धरपकडको शैलीमा आएकाले आफूहरुले निवेदन हेर्न नपाएको जिकिर गर्दै इजलास बहिस्कार गरेका छन् ।

    न्यायाधीश सारङ्गा सुवेदीले सशस्त्र प्रहरी बलका अधिकृतले दिएको निबेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेतापनि असोज १० गते सँगै पेश गर्नू भन्ने आदेश गरिसकेकोमा हेर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता हरि उप्रेती, टीकाराम भट्टराईसमेतका कानुन ब्यवसायीले बहस गर्न अस्वीकार गरेका छन् । तर सरकारतर्फबाट भने एकतर्फी बहस भएको छ ।

    प्रहरीतर्फका वकिलहरुले न्याय सुगन्ध छरेर आओस्, जसरी म्याद बुझाइएको छ त्यही गरी सायद आदेश आउँदैन होला किनकि न्यायालय नागरिकको हुने र यसरी म्याद आम नागरिकका पनि हुनुपर्ने भन्दै बेन्च समक्ष प्रश्नहरु तेस्र्याएर आफूहरुले बहस नगर्ने भन्दै हिंडेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार