Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु


    सोमबार, मंसिर २२ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    दार्चुलाकाे मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा गएराति भएको ट्रक दुर्घटनामा चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्कीको मृत्यु भएको हाे । अन्य दुई जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।

    गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति १०ः१५ बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    ट्रकमा चालकसहित तीन जना सवार थिए। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि खलंगास्थित जिल्ला अस्पताल ल्याइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार