Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने स्कुटर चालक पक्राउ


    आइतबार, मंसिर २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ परेका छन्।
     
    पक्राउ पर्नेमा स्कुटर चालक दोलखा घर भई भक्तपुर चौडोल बस्ने २० बर्षीय रोजन कार्की रहेका छन्।
     
    काठमाडाैँ सिंहदरबार चोकमा फिल्ड अभ्यासको लागि पिक आवर डियुटीमा खटीएका ट्राफिक प्रहरी जवान संबिधान श्रेष्ठले लेन अनुशासन पालना नगरी चलाएको बा.६९ प.१४७६ नम्बरको स्कुटर चालकलाई यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा 
    ५ सय दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाइ पक्राउ गरिएकाे हाे।
     
    चालक कार्कीलाइ अवाश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएकाे छ।
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार