Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाईकल चोर्ने दुई जना पक्राउ


    आइतबार, मंसिर २१ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोटरसाइकल चोरी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका प्रहरीले जनाएकाे छ।

    उनीहरुले भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प. ७६७७ नम्बरको मोटरसाइकल शनिबार मध्यराति चोरी गरेका थिए ।

    मोटरसाइकल चोरी भएको सूचना पाएलगत्तै प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । जाँचकाे क्रममा आइतबार बिहान ९:३० बजे कौशलटारबाट चोरी भएको उक्त मोटरसाइकल र सलिन तामाङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    सिन्धुपाल्चोकका सागर तामाङले मोटरसाइकल चोरी भएको उजुरी दिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार