काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दुर्गम र गरिबीको रेखामुनि परेका नागरिकलाई सचेतना जगाउन सञ्चारमाध्यमले काम गर्नुपर्ने बताउनुभएको छ । मानव अधिकार पत्रकार सङ्घ (हर्जा) द्वारा आज आयोजित ‘संविधान कार्यान्वयनमा प्रदेशका अनुभव’ विषयक भर्चुअल कार्यक्रममा उहाँले मानवअधिकारमैत्री मुलुक बनाउन नागरिक समाज र सञ्चारमाध्यमले अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले पत्रकारिता पेशाको मर्यादाप्रति सरकारले सदा सम्मान गर्ने उल्लेख गर्दै मानवअधिकारमैत्री नेपाल बनाउनका लागि मिडियाको भूमिका उच्च रहेको स्पष्ट पार्नुभयो । सरकारको डिजिटल मुलुक बनाउने अभियानलाई सफल पार्न आग्रह गर्दै उहाँले समृद्ध नेपाल:सुखी नेपाली भन्ने राज्यको सङ्कल्पलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले राज्यलाई बलियो बनाउनका लागि सबै निकायसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमा लेखिएका कुराहरु व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै सङ्घीयतामा स्रोतसाधनको समान बाँडफाँट हुनुपर्ने धारणा राख्नुभयो । संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई अलगअलग अधिकार दिएको उल्लेख गर्दै उहाँले एकले अर्काको अधिकारको हस्तक्षेप नगरी सहकार्य र समन्वयबाट अघि बढनुपर्ने बताउनुभयो ।
कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु सर्वसम्मत रुपमा निर्माण गरिसकेको र बनेका कानूनहरु सबैले खबरदारी गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका सांसद गगन थापाले सङ्घीयता कार्यान्वयन अझै पनि प्रभावकारी रुपमा हुन नसकेको र प्रदेश सरकारले प्रतिस्पर्धात्मक ढङ्गले काम गर्न नसकेको बताउनुभयो । नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्पापेलरले नेपालको सङ्घीयता कार्यान्वयन र मानव अधिकारप्रति स्वीस सरकारले सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार हरिबहादुर थापाले ‘पाँचवर्षे अभ्यासमा सङ्घीयता’ र कानूनविद् मोहनलाल आचार्यले ‘नेपालको संविधान कार्यान्वयन तथा मानवअधिकार प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । हुर्जाले सातै प्रदेशका सङ्घीयता कार्यान्वयनको अवस्था र मिडिया विषयमा तीन÷तीन दिनको कार्यशाला आयोजना गरी ५०० भन्दा बढी पत्रकारसँग प्रत्यक्ष रुपमा छलफल गरेको थियो ।
–––
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend