Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ सय ६८ काेराेना संक्रमित आइसियुु र भेन्टिलेटरमा


    आइतबार, मंसिर २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ५५ जना भेन्टिलेटरमा र ३ सय १३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२५ जना आइसियु र ३१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आइसियु उपचाररत रहेका छन्। यसअघि शनिबार ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार