Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा काेराेनाबाट ज्यान गुमाउने संख्या १ हजार ६ सय नजिक


    आइतबार, मंसिर २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार ९६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ८४ हजार ५ सय १९ पुगेको छ। हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार