ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिवावु महर्जनको एकलौटी निर्णयको विरुद्धमा १८ वडा अध्यक्ष सहितको सदस्यले आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यपालिका बोेर्डको सदस्य र समितिको निर्णयबिना मेयर महर्जनले मनपरी गर्न थालेपछि वडा अध्यक्षले कडा आपत्ती जनाएका छन् । मेयर महर्जन विरुद्ध ९ अभियोग लगाइएको छ ।
महानगगरमा २९ मध्य १८ वडा नेकपाका अध्यक्षले जितेका हुन । बहुमतको निर्णय बिनानै मनोमानी गर्न थालेपछि वडा अध्यक्षले गएको बोर्डका बैठक समेत बहिष्कार गरेका थिए । आफु अल्पमतमा पर्ने भएपछि मेयर महर्जनले प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाको सहयोग लिएर मनोमानी निर्णय गर्ने गरेका छन् ।
महानगपािलका वडा २४ का अध्यक्ष दिनेश कार्कीले मेयरको मनपरी निर्णयको कारण महानगरका सबै विकास योजना भद्रगोल भएको बताउनुभयो । उहाले भन्नुभयो–मेयर महर्जन कार्यकारी अधिकृतको अधिकृतको सहयोगमा कानुन प्राय सबै निर्णय कानुन विपरित गरिरहेका छन् ।
मेयरले बहुमत कार्यपालिका सदस्यको निर्णयलाई उल्ट्याउदै एकलौटी निर्णय गर्न थालेपछि १८ जना वडा अध्यक्षले बैठक बोलाउन आग्रह गरेका छन् । ती वडा अध्यक्षले तत्काल बैठक नबोलाए मेयर विरुद्ध कडा आन्दोलनमा जानुक्ने चेतावनी दिएका छन् । उनीहरुले मेयर महर्जनलाई ९ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल प्रहरीबाट अवकास पाएका सिताराम हाथेछुलाई कानुनमै नभएको वरिष्ठ प्रहरी निरीक्षकको नियुक्ति दिएको विषयलाई गम्भीर रुपमा लिएका छन् । सार्वजनिक खरिद ऐनमा समेत व्यवस्था नभएको वरिष्ठ प्रहरी निरीक्षकको पदमा नियुक्ति गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
कानुन विपरित नियुक्ति भएका हाछेथुले जनताको सेवामा खटिनुपर्ने नगरप्रहरीलाई बाटोबाटोमा सवारी नियन्त्रणमा खटाएको करोडौ राजश्व बक्यौता रहेको ठुला कम्पनीको होडिङबोर्ड हटाएर आर्थिक अनियमितता गराएको , कार्यपालिकाको निर्णय विपरित प्रहरीको पोशाक परिवर्तन गरेको , सबै प्रहरीलाई साइकल किनाएर आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ ।
हाछेथुको नियुक्तिको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरिरहेको छ ।
वडा अध्यक्षहरुले कोभिड १९को रोकथाम गर्न छुट्टयाएको १९ करोड रुपिया बजेटको विषयमा तत्काल जानकारी दिन माग गरेका छन् ।
त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(२)को ज मा कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णय अभिलेख सुरक्षित गर्ने स्पष्ट ब्यवस्था हुदाहुदै प्रमुख एक्लैले गरेको काम नियमिसंगत नभएकोलेतत्काल ऐन बमोजिम गर्न आग्रह गरिएको छ ।
मेयर महर्जनको एकलौटी निर्णयको कारण महानगरको सबै काममा गम्भीर समस्या आएको वडा नम्बर ३ को अध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । कार्यपालिकाका बहुमत सदस्यले गरेको निर्णयलाई ठाडै अस्विकार गर्ने मेयरविरुद्ध बहुमत वडा अध्यक्ष एकजुट भएको उहाको भनाई थियो ।
मेयर महर्जनले इन्टरनेट इन्ट्रानेट शिर्षकमा ५५ लाख रुपिया बजेट विनीयोजन भएकोमा बजेट पुस्तक प्रकाशित नहुदै २ करोड ५० लाखको टेण्डर आब्हान गरिएको, रकम सुनिश्चितता नभै स्मार्ट ट्राफिक लाईटको टिप्पणी उठाई गरिएको टेण्डर रद्ध गर्नुपर्ने, नगरपालिकाको मानमर्दनमा चोट पु-याउने कार्य बन्द गर्नुपर्ने, प्रारम्भीक लेखा परीक्षणको बारे बोर्डमा छलफल नहुदै अन्तिम लेखा परीक्षणको प्रतिवेदन बुझाएको विषयमा बोर्ड सदस्यलाई जानकारी गराउनुपर्ने लगायतका माग गरेका छन् ।
महानगर वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनले मेयर महर्जनको मनोमानि निर्णयको कारण समस्या परेको जिकीर गर्दै तत्काल बहुमत अनुसार चल्ने चेतावनी दिनुभयो । उहाले भन्नुभयो–हाम्रो आग्रहलाई अटेर गर्ने मेयर विरुद्ध कानुनी कारबाहीका जानुको विकल्प छैन ।
मेयर महर्जनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम न्युनतम दररेट निर्धारण गर्ने अधिकार स्थानीय तहलाई भएकोले स्थानीय तहबाट तोकेको दररेट बोर्डबट अनुमोदन गर्नुपर्ने, बोर्डको अनुमति बिना नगर प्रहरीको पोशाक, पिपिइ खरिद र चिडियाखानालाई १० लाख रुपिया अनुदान दिएको रकमको बेरुजु कायम गनुपर्ने लगायतका माग रहेका छन् ।
हाम्रो मागको तत्काल सम्बोधन नगरे कडा प्रतिवाद गर्न बाध्य हुने जनाउदै १५ वडाका अध्यक्ष सुदर्शन मिश्रले मेयरको मनोमानी र एकलौटी निर्णयको कारण महानगरको अवस्था धरासायी बन्दै गएको आरोप लगाउनुभयो । १८ जना वडा अध्यक्षले मेयर महर्जनलाई महानगरभित्रका संक्रमित विरामीलाई सेवा सुविधा दिनुपनेृ, २९ वटै वडामा तत्काल फोहोर संकलन कार्य थाल्न आग्रह गरेका छन् ।
मेयर महर्जनले हरेक बैठकमा आफुलाई दुई तिहाइले पेल्न थालेको र केही गर्न नदिएको आरोप लगाउदै विगत एक वर्षदेखि कानुन विपरित एकलौटी निर्णय गर्दै आएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend