Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरी काम गर्छौं : प्रधानमन्त्री ओली


    बिहिबार, भाद्र ६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरी काम गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औंलो ठड्याउने गरी काम नगर्ने बताएका हुन् ।

    उनले भने- ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै सुविधा छैन । कुनै छुट छैन ।’

    उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार