काठमाडौँ । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार, युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणपछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ ।
गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३२८, हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन् । साथै एक एक जहाज र पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबी गरेको छ ।
यसैबीच मंगलबार १२ सय १० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । त्यस्तै रुसी सेनाले सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ ।
कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताएका छन् ।
वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अहिले जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका छन् ।
यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका छन् । अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने उल्लेख छ।
युक्रेनी अधिकारीका अनुसार युक्रेनले १५० भन्दा बढी रुसी नागरिकलाई बन्धक बनाएको छ । तीमध्ये अधिकांश सैनिक रहेको उल्लेख छ ।
३५ नेपाली पनि मारिए, ३ सय सम्पर्कबिहीन
मारिएका रुसी सेनामध्ये ३५ नेपाली नागरिक समेत परेका छन् । ३ सय नेपाली सम्पर्कबिहीन छन् । रुसी सेनामा बैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीसँग सेटिङ गरी केही म्यानपावरले हाइड्रोपावरको नाममा श्रम स्वीकृत लिएर हजारौं नेपाली नागरिक पठाइसकेका छन् ।
प्रतिब्यक्ति ६ लाखसम्म लिएर रुसी सेनामा सबैभन्दा बढी नेपाली पठाउनेमा सिनामंगलमा रहेको फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि रहेको छ । उक्त म्यानपावरले ३ हजार भन्दा बढी नेपालीलाई बैदेशिक रोजगार कार्यालयमा सेटिङ गरी प्रतिब्यक्ति ६ लाखदेखि ८ लाख रुपैयाँसम्म लिएर रुसी सेनामा पठाएको छ । हाइड्रोपावरको नाममा श्रम स्वीकृति लिने र रुसी सेनामा पठाउने यस्ता म्यानपावरले अहिले पनि दुबईमा भिजिट भिसामा लगेर रुस पठाइरहेको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend