Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • तस्कर पक्राउ गर्न जाँदा बुटवलमा गोली चल्यो, एकजना घाइते


    आइतबार, मंसिर २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रूपन्देहीकाे बुटवलमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

    कलश होटेलमा गैंडाको खाग तस्करी भइरहेकाे सूचनाका आधारमा प्रहरीले छापा मार्दा गाेली चलेकाे हाे ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएका हुन् ।

    चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकाे छ । उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार