Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेकपाको स्थायी समिति बैठकः प्रधानमन्त्री ओली जालान् ?


    आइतबार, मंसिर २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा स्थायी समितिको बैठक राख्ने र नराख्ने पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली कुनै हालतमा पनि स्थायी समिति बैठक नराख्ने गरी प्रस्तुत भएका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका सचिवालयका ५ सदस्य स्थायी समितिको बैठक राख्नुपर्ने पक्षमा दृढतापूर्वक उभिएका थिए ।

    सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ले कार्यदल बनाएर जाने प्रस्तावलाई ५ सचिवालय सदस्यले अस्वीकार गरी स्थायी समिति बैठक राख्ने निर्णयका साथ बैठक टुंगिएको थियो । जुन निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका छन् । आफैंसहित सहभागी बैठकले निर्णय गरेको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली जालान् किन नजालान् त ?

    नेकपाका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओली स्थायी समिति बैठकमा जाने संभावना कम छ । सचिवालयमा बहुमत जुटाउन हरेक नेतालाई उधारो आश्वासन दिएर पनि पार लाउन नसकेका ओलीलाई स्थायी समितिमा आफूबिरुद्ध स्पष्ट बहुमत भएको थाहा छ । त्यही भएकाले उनले स्थायी समितिलाई रत्यौली खेल्ने ठाउँको संज्ञा दिएका छन् । 
    प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिएमात्र निकास निस्कने पक्षमा कार्यकारी अध्यक्षसहितका सचिवालय सदस्य छन् । स्थायी समितिमा पनि त्यही कुरा उठ्नेछ । आजको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली सहभागी नभए पनि बस्ने र दुवै अध्यक्षका राजनीतिक प्रतिवेदन छलफलका लागि खुल्ला गरी केही दिन सहमतिका लागि कुर्ने र अर्को बैठकको मिति तय गरेर सकिने ती केन्द्रीय सदस्य बताउँछन् ।

    प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा बहुमतले जे जे निर्णय गरे पनि हुन्छ, म निर्वाचन नभएसम्म प्रधानमन्त्री र अधिवेशन नभएसम्म पार्टी अध्यक्ष नछाड्ने बताइसकेका छन् । प्रधानमन्त्री ओलीले बहुमतको निर्णय नमान्ने घोषणा सचिवालय बैठकमा गरिसकेपछि अब नेकपा विभाजनको डिलमा पुगेको महसुस नेता कार्यकर्ता तहसम्मले गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार