Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बाल अपाङ्ग टेवा संस्थामा मन्त्री गुरुङः ५८ जनालाई ह्वीलचेयर प्रदान


    शनिबार, मंसिर २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बाल अपांग टेवा संस्थाले अपांगता भएका बालबालिका तथा व्यक्तिहरूलाई ह्वील चेयर बितरण गरेको छ । संस्थाले शनिबार एक कार्यक्रम आयोजना गरी ५८ वटा ह्वीलचेयर अपांगता भएका ब्यक्तिहरुलाई बितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ह्वीलचेयर बितरण गर्नुभएको थियो ।

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । अपाङ्ग दिवसको अवसरमा आज ह्वीलचेयर वितरण गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारण अनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताउनुभयो । ह्वीलचेयर बितरण कार्यक्रममा प्रमुख अतिथि गुरुङले अपांगता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्तादेखि विभिन्न खालका सुविधा दिनका लागि सरकारले अध्यादेश नै ल्याएको कुरा बताउनुभएको थियो । अपाङ्गता भएकाहरुको हितका लागि सरकार सदा सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

    उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, बागमती प्रदेशका सांसद कुसुमकुमार कार्कीको सहभागिता थियो ।

    कार्यक्रममा मन्त्री दुलालले बाल अपाङ्गा संस्थालाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले बाल अपाङ्ग संस्थालाई अपाङ्गता भएका बालबालिकाको संरक्षणका लागि आवश्यक जग्गा प्रदान गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्वव खरेलले बाल अपाङ्ग संस्थाका अध्यक्ष डेण्डी शेर्पाको कार्यको प्रशंसा गर्नुहुँदै संस्थाका लागि जग्गा प्रदान गर्ने आश्वासन दिनुभयो ।

    कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिब पुस्कर खाती, बुढानीलकण्ठ नगरपालिका वडा न १०, १२ र १३ का का वडाध्यक्षहरू नवराज भट्टराई, शम्भु भट्टराई र श्रीकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा अमेरिकी संस्था wheelchair foundation को सहयोगमा प्राप्त विभिन्न प्रकारका ५८ थान ह्वीलचेयर बिभिन्न संघ संस्था एवं अपांग व्यक्तिहरुलाई प्रदान गरिएको छ । शारीरिक रुपमा अशक्त २३ जना महिला एवं ३५ जना पुरुषले सहाराको रुपमा ह्वीलचेयर प्राप्त गरेका छन् । उक्त कार्यक्रममा प्रदान गरिएका ह्वीलचेयर मध्ये शारीरिक रुपमा पूर्ण अशक्तले प्रयोग गर्ने ह्वील चेयर (सीपी) १६ थान र एक्टिभ ह्वीलचेयर ४२ थान प्रदान गरिएका छ ।

    आयोजक संथा बाल अपांग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष शेर्पाले संस्थाले निरन्तर रुपमा ह्वीलचेयर वितरण कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभएको थियो ।  हालै मंसिर १४ गते प्रदेश न १ को राजधानी बिराटनगरमा मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम गरी मार्फत् पनि ह्वील चेयर वितरण गरिएको जानकारी दिनुभयो ।

    उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष यवं समाजसेवी ध्रु्रवराज न्यौपानेले गर्नुभएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार