Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा ४३२ कोरोना संक्रमित थपिए


    शनिबार, मंसिर २० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै काठमाडौंमा मात्र ९० हजार ७७ जना संक्रमित पुगेको छ। जसमध्ये ५ हजार ६ सय ५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ। 

    ललितपुरमा कुल संक्रमितको संख्या १३ हजार ७ सय ६३ पुगेको छ। १ सय २२ जना संक्रमितको मृत्यु भएको छ। कुल संक्रमितमध्ये १२ हजार ५ सय १३ जना उपचारपछि निको भएका छन् भने १ हजार १ सय २८ जना सक्रिय छन्। 

    यस्तै भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार १ सय ३६ पुगेको छ। जसमध्ये ७ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ४ सय ९३ जना उपचाररत छन्। भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार