वासिङटन डिसी, २९ साउन । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।
कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्यालीलाई सम्बोधन गरेकी थिइन्। यो र्याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैको ध्यानाकर्षण भयो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन् तर त्यस्तो थिएन। उनको प्रतीक्षामा कोही थिएन। उनले ठगी गरेकी छिन् ।’
कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दावीलाई खण्डन गरेको छ। उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए । उनीहरुको आरोप छ, ट्रम्पको उर्जा घट्दै गएको देखिन्छ । उनले पछिल्लो एक सातादेखि स्विङ स्टेटमा कुनै र्याली गरेका छैनन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend