काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका छन् ।
पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काश्य पदक जितेर शिर्ष स्थानमा रह्यो । त्यस्तै अमेरिकालाई पछ्याउदै चीन ४० स्वर्ण, २७ रजत र २४ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै जापानले २० स्वर्ण, १२ रजत र १३ काश्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ काश्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ काश्य पदकसहित सातौँ स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ । त्यसैगरी क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ काश्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ ।
त्यसैगरी हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ काश्य पदक जितेको छ । त्यसैगरी स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् ।
त्यस्तै डेनमार्क, अजरबैजान, क्रोसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रीका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend