Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त


    बुधबार, साउन २३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्

    नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

    यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।

    ८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार