Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छोडिन देश


    सोमबार, साउन २१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।

    बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।

    मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।

    आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार