Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमानस्थलमा मानवतस्करीको सेटिङः गृह मन्त्रालयद्वारा छानबिन समिति गठन


    शनिबार, मंसिर २० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सेटिङमै भइरहेको मानवतस्करीको गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयले उपसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

    विमानस्थलस्थित अध्यागमन र प्रहरीकै मिलेमतोमा भिजिट भिसामा खाडी देशमा मानवतस्करी सुरु भएको खुलेपछि छानबिन थालिएको हो । मन्त्रालयले उपसचिव रुद्र पण्डितको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  

    मानव तस्करी गिरोहको सेटिङमा ठूलो संख्यामा भिजिट भिसामा अध्यागमनले दुबई र कतार जान दिएको पाइएको छ ।  सेटिङमा  विमानस्थल अध्यागमन प्रमुख गौलोचन सैंजुकै मिलेमतोको आशंका गरिएको छ ।  

    मानव तस्करीमा हुने सेटिङमा लेनदेन नमिलेर विमानस्थलमा   अध्यागमन प्रमुख र प्रहरीबीच विवाद भएको थियो । गृहले छानबिन थालेपछि केहीदिनयता सेटिङ भत्कन थालेको छ । आजभोलि धेरेलाई अध्यागमनले फर्काउने गरेको छ ।  नेपालफेसले शुक्रबार विमानस्थलबाट मानवतस्करी हुने गरेको समाचार सार्वजनिक गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार