Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सालोमार्फत् एसपीको सेटिङ


    शुक्रबार, मंसिर १९ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नवराज अधिकारी, कमल ढुंगाना र सुनिल रायमाझी

    काठमाडौ । गृहमन्त्रालयले देशभरीका अवैध क्रसर बन्द गर्न निर्देशन दिएको छ । उता कपिलवस्तुमा भने अझै पनि सेटिङमा काम भइरहेको छ । सीडीओ र एसपीको मिलमेतोमा कपिलवस्तुमा अवैध धन्दा क्रसरहरु सञ्चालन भइरहेको छ ।

    एसपी नवराज अधिकारीले सालो मार्फत् क्रसरसँग पैसा लिने गरेका छन् । उनका सालो कमल ढुंगाना आफैं क्रसर सञ्चालक हुन् ।एसपी अधिकारीको कपिलवस्तुमा सरुवा भएलगत्तै उनले फेसबुकमा बधाई दिएर सेटिङको काम सुरु गरेका थिए । एक समय नक्कली भारतीय नोटको कारोबारमा संलग्न सुनिल रायमाझीले समेत अहिले एसपी अधिकारीसँग मिलेर क्रसरमा लगानी गरेका छन् । क्रसरमात्र नभई जिल्लामा हुने अन्य अवैध धन्दामा  पनि  एसपी अधिकारीले सालोमार्फत् पैसा बुझ्ने गरेको स्रोत बताउँछ । मुद्दा शाखामा समेत लेनेदन बढेको  स्रोत बताउँछ । अन्य जिल्लामा कडाई भएपछि पछिल्लो समय कपिलवस्तुबाट भारतमा केराउ तस्करी बढेको छ ।

    त्यस्तै भारतबाट खसीबोका नेपाल तस्करी हुने गरेको छ । सालोमार्फत् क्रसरबाट घुस लिने गरेकोबारेमा एसपी अधिकारीले भने, कमल मेरो आफ्नै सालो होइन, गाउँको पर्ने हो । उसले कहाँ के गर्छ त्ये मेरो सरोकारको बिषय भएन, तर मैले उसँगबाट केही लिएको छैन,  एउटै छोरी छ, म उसको कसम खान्छु, उमात्र होइन, क्रसरवाला कसैबाट मैले कहिल्यै केही लाभ लिएको छैन । यसमा कुनै सत्यता छैन ।  

    जिल्लाका सीडीओ दीर्घनारायण पौडेलले पनि आगामी महिना अवकाश पाउँदैछन् । अवकाशअघि उनी पनि कमाउने अभियानमा छन् । केही दिनअघि क्रसरवालाहरुलाई बैठक बोलाएर उनले १ – १ लाख रुपैयाँ मागेको स्रोत बताउँछ । सीडीओ र एसपी दुवै पैसा कमाउनमा केन्द्रित भएपछि जिल्लामा बेथिति बढेको छ । एसपी अधिकारी माओवादी नेताहरुको पावर लगाएर कपिलवस्तु गएका थिए ।

    डिएसपीमा कालिमाटी वृत्तमा हुँदा घुसमा उनी बदनाम भएका थिए । कतिसम्म भने पान पसलेसँग समेत पैसा उजुरी त्यतीबेला उनीविरुद्ध परेको थियो । केही मिटरब्याजीको नाइकेसँग मिलेर समेत उनले पैसा उठाउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार