Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज थपिए १२ सय ७२ जना कोरोना संक्रमित, १५७५ जना डिस्चार्ज


    शुक्रबार, मंसिर १९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज शुक्रबार नेपालमा  थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै बितेको २४ घण्टामा १ हजार ५७५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यस्तै हिजो बिहीबार नेपालमा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार