Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तर बैंक एटिएमबाट सेवा लिँदा शुल्क लाग्ने


    शुक्रबार, मंसिर १९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवा अबदेखि शुल्क लाग्ने भएको हाे ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा विहिबार साँझ जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको छ ।

    त्यस्तै, मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ ।

    कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको तर बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार