Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अस्पतालकाे झ्यालबाट भागेका सम्झनाका हत्या आरोपी १० घण्टापछि पक्राउ


    शुक्रबार, मंसिर १९ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गएराति अस्पतालकाे झ्यालबाट फरार भएकाे सम्झना कामीको बलात्कार पछि हत्या गरेकाे आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा फेरी पक्राउ परेका छन् । उनलाई प्रहरीले भागेको करिब १० घण्टापछि पक्राउ गरेकाे हाे ।

    बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो । मंसिर ६ मा कोरोना भाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पताल डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहका अनुसार बिहीबार राति १० बजेर ३५ मिनेटमा उनी झ्यालबाट भागेका थिए । तर, भागेको १० घण्टामा उनलाई पक्राउ गरिएको हाे ।

    यसैबीच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई राजेन्द्र बोहराको सुरक्षामा खटिएका ३ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार