Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास


    बिहिबार, मंसिर १८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ ।

    नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गर्नुभयो ।

    गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाउनुभयो । ‘

    ‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उहाँले भन्नुभयो, ।

    घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले  घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार