काठमाडाैँ । कोरोना बीमाको दावी भुक्तानी तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि मन्त्रालयले दावी परेको तीन दिन भित्रै भुक्तानी दिन निर्देशन दिइएको हो।
मन्त्रालयले दैनिक भुक्तानी गरेकाे विवरण पठाउन समेत निर्देशन दिएकाे छ। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यसअघिकाे निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गर्दै निर्देशन दिएकाे हाे ।
