तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सांसद किसान श्रेष्ठलाई बिचौलिया ठेकेदारको आरोप लगाएका छन्। उनले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए ।
तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा नेता पाैडेलले तनहुँका प्रमुख जिल्ला अधिकारीको मात्रै योजनामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्ने कोसिस नभएको भन्दै संघीय सरकारले नै अधिनायकवादी चरित्र देखाएको बताए ।
कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपा सांसद किसानसिंह श्रेष्ठको सम्पत्ति जाँच्नुपर्ने माग राखेका छन् । रामचन्द्रलाई तनहुँमा रोक्ने काममा सांसद श्रेष्ठसहितका नेकपाका नेताहरु लागेको आरोप लगाउँदै नेता प्रदिप पाैडेलले नेकपा सांसद किसान श्रेष्ठको सम्पत्ति खोज्नुपर्ने बताए ।
किसान श्रेष्ठ अहिलेसम्म देश र जनताका लागि एक दिन पनि हिरासत र जेलमा गएका छैनन् । गणतन्त्रका लागि कहिले लडेनन्, एउटा विचौलिया र ठेकेदार विभिन्न कारणले सांसद भयो’, उनले आक्रोश पोख्दै भने, ‘सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो।’
सांसद श्रेष्ठले पैसा कमाएको स्रोत खोज्नुपर्ने माग पौडेलले गरे।
‘उहाँ (किसान) ले पैसा कसरी कमाउनु भयो? सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री ओलीको पञ्जामा नभएको भए किसान श्रेष्ठ यति बेला जेलमा हुन्थे’, उनले भने, ‘नेपालको राजनीति गलत संस्कारबाट हुर्किँदैछ। हाम्रा वरिष्ठ नेतामाथि भएको यो घटना नियोजित र पूर्वाग्राही छ।’
तनहुँमा बुधबार वरिष्ठ नेता पौडेललाई पक्राउ गरिएको घटना नियोजित भएको पनि पौडेलले बताए । उक्त घटना प्रशासनलाई नेकपाकरण गर्ने र कांग्रेसका नेताहरुलाई निरुत्साहित दमन गर्ने अभिप्रयाले प्रेरित रहेको उनको भनाइ थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend