Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन


    बिहिबार, मंसिर १८ २०७७
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुत्ला दहन गरेकाे छ ।

    सरकारले अनेकाैं बहानामा जनतालाई दुख दिएको भन्दै बिहीबार इलामकाे चोकबजारमा प्रधानमन्त्री र गृहमन्त्रीकाे पुत्ला दहन गरेका हुन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा कांग्रेस कार्यकर्ताहरू देशैभर आन्दोलित भएका छन् ।

    उनीहरुले ओली सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् ।

    उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबिरुद्ध चर्का नारा समेत लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार