Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुग्याे


    बिहिबार, मंसिर १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । थप १३ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाठ मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै नेपालमा बिहीबार थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार