Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर २४ घण्टामा थपिए १ हजार ३४३ जना काेराेना संक्रमित


    बिहिबार, मंसिर १८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यस्तै हिजाे बुधबार नेपालमा १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार