Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शंखरापुरको साँखु मेलम्ची सडकखण्ड खुला


    शुक्रबार, असार २९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाइएको छ । सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो ।

    यसैगरी तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराजमार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडकखण्डमा असार २८ गते विहान आएको अविरल बर्षाको कारण माथिबाट पहिरो गई पूर्णरुपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार