Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी नदीमा बस दुर्घटना, सशस्त्रका गोताखोरद्वारा उद्धार कार्य शुरु


    शुक्रबार, असार २९ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपपालिका–२९ सिमलतालस्थित नारायणी नदीमा असार २८ गते बिहान पहिरोमा परी बगेका यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरुको खोजी कार्य भइरहेको छ ।

    अविरल वर्षासँगै आएको पहिरोमा परी लामो दूरीमा चल्ने दुई वटा बस नदीमा खसेका हुन् । बीरगंजबाट काठमाडौंतर्फ  आउँदै गरेको माइक्रो र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस नदीमा बेपत्ता भएको छन् । दुबै बसमा ६५ यात्रु रहेको बताइएको छ । बसका यात्रुको अवस्था अज्ञात छ ।

    दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार