Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ


    बिहिबार, मंसिर १८ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीमा छोरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले बाबुलाई पक्राउ गरेकाे छ ।

    भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका-६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५ वर्षीय पुरुषले ६ वर्षीय छाेरीलाई पटकपटक बलात्कार गरेकाे खुलेकाे हो ।

    मंसिर १२ गते राति इँटा उद्योगको परिसरमा रहेको झुपडीमा सुतिरहेका बेला छोरीलाई बाहिर लगेर बलात्कार गरेको भन्दै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय हरिपुरमा मौखिक उजुरी गरेकी थिइन् ।

    त्यही सूचनाका आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

    अनुसन्धानका क्रममा तीन साता अघि पनि ती पुरुषले छोरीलाई करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार