Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • लाठिले हानेर बाबुको हत्या, छाेरा पक्राउ


    बिहिबार, मंसिर १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल रहेका प्रहरीले जनाएकाे छ।  ७० वर्षीय तुलाराम ढकालको हत्या गरेकाे अभियोगमा उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

    सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबु छोराविच झगडा हुँदा भुवनले बुबा तुलारामलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले भुवनलाई पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार