Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  १६ सयले बढ्यो सुनको मूल्य


    बिहिबार, मंसिर १८ २०७७
    5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।

    महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुन ९२ हजार १५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार