Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सद्भाव युवा समाज कतारले रक्तदान कार्यक्रम गर्ने


    बिहिबार, मंसिर १८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा रगतको अभाव कम हुन नदिन श्री सद्भाव युवा समाज कतारले यहि मंसिर २० गते भरतपुरको गीतानगरमा रक्तदान कार्यक्रम गर्ने भएकोछ । समन्वय संस्था गीतानगर जेसीस र सहयोगी संस्थाहरु ने. रे . सो . उपशाखा गीतानगर , गीतानगर बजार ब्यबस्थापन समिति चितवनको सहयोगमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।

    श्री सद्भाव युवा समाज कतारले आयोजाना गरेको दशैतिहार भाग्यशाली चिट्ठा कार्यक्रमबाट बचेको रकमले आफ्नो सामाजिक उतरदायित्व अन्तरगत  रक्तदान कार्यक्रम र मानव सेवा आश्रममा  सहयोग गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष गुणनिधि घिमिरेले बताएका छन् । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट  देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएको र भविश्यमा पनि संस्थाले यस्ता सामाजिक कार्य जारी राख्ने कुरा अध्यक्ष घिमिरेले बताउनु भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार