Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवाह बन्धनमा बाँधिदै नायिका स्वेता


    बिहिबार, मंसिर १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्ततः अभिनेत्री श्वेता खड्काले विवाहबन्धनमा बाँधिने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।

    केही दिनअघि उनले विवाहको कुरा हल्लामात्र भएको बताएकी थिइन् । तर कार्ड नै बितरण भएपछि त्यो हल्ला नभएर सत्य सावित भएको छ । उनले यही मंसिर २२ अर्थात् ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तोकार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखेकी छन् ।

    फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि पनि उनी अभिनय र समाजसेवामा सक्रिय थिइन् । उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार