काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको योग्यता सम्बन्धमा परेको रिट खारेज भएको छ ।
उच्च अदालत पाटनले उक्त रिट खरेज गरेकाे हाे। उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त इजलासले रिट निवेदकको दाबी नपुगेको आधार देखाउँदै रिट खारेज गरेको हो ।
खुला प्रतिस्पर्धाबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए ।
मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।