Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त


    शनिबार, असार २३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो ।

    उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो ।

    मृत्युको कारण हृद्धय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

    उनले भनेका छन्-

    धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार