Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांगेस वरिष्ठ नेता पाैडेल रिहा


    बुधबार, मंसिर १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल रिहा भएका छन् ।

    बुधबार दिउँसो तनहुँकाे व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

    करिब ३ घण्टाभन्दा बढी प्रहरी हिरासतमा रहेका नेता पाैडेललाई प्रहरीले बुधबार साँझ रिहा गरेकाे हाे ।

    रिहा भएलगतै वरिष्ठ नेता पाैडेलले अधिनायकवादी कम्युनिस्ट सरकारविरूद्ध लड्नुपर्ने बेला आएको बताएका छन् ।

    नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार