Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवतीलाई अवैध रूपमा दुबई, कतार पुर्‍याउने एक जना पक्राउ


    बुधबार, मंसिर १७ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । मानव तस्करी अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ गेंरिडदेन- ४ का गणेश कुमार लोंवा छन्। उनलाई मानवबेचविखन नियन्त्रण ब्यूरोको टोलीले मंगलबार महाराजगञ्जबाट पक्राउ गरको हो ।

    ब्यूरोका एसपी अनुरागकुमार द्विवेदीका अनुसार उनले तीन जना महिलालाई वैदेशिक रोजगारीका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत हुँदै दुबई, कतार र साउथ अफ्रिका पुर्‍याएका थिए ।

    प्रहरीका अनुसार उनीहरूलाई अफ्रिकामा करिब पाँच महिनासम्म बन्धक बनाई यौनशोषण गरेको खुलेको छ । नेपाली राजदूतावासमार्फत उनीहरूलाई नेपाल फिर्ता भएपछि पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

    गणेशमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार