Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेता पाैडेलकाे गिरफ्तारीप्रति कड्किए बाबुराम भट्टराई


    बुधबार, मंसिर १७ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकाेप्रति आपत्ति जनाएका छन् ।

    पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा तनहुँकाे स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

    पौडेल गिरफ्तारीपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार