Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतले दियाे फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति


    बुधबार, मंसिर १७ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायतले फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिएकाे छ। फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमित दिने बेलयात विश्वमै पहिलो देश बनेको छ । बेलायतमा अर्को हप्तादेखि खोप दिइन सुरु गरिने बताइएको छ ।

    ‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने बताए । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने ।

    बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार