Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केपी ओलीकै निर्देशनमा राजावादीको आन्दोलन :  खगेन्द्र संग्रौला


    बुधबार, मंसिर १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा भएकाे दावी गरेका छन्।

    उनले सडकमा राजावादीको आन्दोलन ओलीको निर्देशनमा भएको टिप्पणी समाजिक संजाल मार्फत गरेका हुन्।

    मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेपछि यसकाे सबैतिर चर्चा चुलिएकाे छ।

    उनले फेसबुकमा लेखेका छन्, ‘ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूध्द सडकमा कुर्लिराछन्।

    स्वतन्त्रताप्रेमी जनता शंका गर्छन्- यो गणतन्त्रविरोधी विष-बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ? सही प्रश्न! ’

    राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार