Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उत्तर प्रदेशको हाथरसमा सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु


    मंगलबार, असार १९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ ।

    भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन् ।

    हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ ।

    उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार