Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुसकाण्डमा नेपाल प्रहरीका दुई एसपी निलम्बित


    बुधबार, मंसिर १७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बनमा परेका छन् ।

    विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेका हुन् ।

    प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा अनियमितता पुष्टि भएपछि उनीहरुलाई कारबाही सिफारिस भएको थियो ।

    सिफारिसअनुसार गृहले निलम्बन गरेर विभागीय कारबाही पक्रिया अघि बढाएको स्रोत बताउँछ । बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार