Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय


    मंगलबार, असार १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

    मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए ।

    रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार