Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस–एमाले सत्तायात्राप्रति बालेनको टिप्पणी : ‘काले काले मिलेर खाउँ भाले’


    मंगलबार, असार १९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । देशमा क्रियाशील दुई ठूला नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमतिलाई काठमाडौं  महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘काले काले मिलेर खाउँ भाले’को संज्ञा दिएका छन् ।

    मंगलबार बिहान मेयर बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष सँगै बसेको तस्वीरमा ‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले’ क्याप्सन राखेर फेसबुकमा स्टाटस राखेपछि त्यहाँ कमेन्टको बाढी आएको छ । मंगलबार बिहान राखेको स्टाटसमा ३८ मिनेटमै १ लाख ९ हजारले लाइक गरेका छन् भने १४ हजार २ सय जनाले कमेन्ट गरेका छन् ।

    स्टाटसमा बालेन साहले नारायण गाउँलेले लेखेको कुरा पनि सेयर गरेका छन्–गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’ लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !

    नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !

    अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।
    सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको टापुले आँखा छोपियो ।

    देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्टु भन्दा जग्गा किन्न या भाडामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

    नेपालको राजनीति !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार