रामनारायण साह र बालेन्द्र साह
काठमाडौं । काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र सा(बालेन)ले सिंहदरबारमा आगो लगाइदिन्छु, राजनीतिक दलका नेताहरुलाई टुकुचामा गाडिदिन्छु भन्दा पनि उनलाई कुनै कारबाही गरिएन ।
साहकै निर्देशनमा अन्ततः भदौ २४, २०८२ मा सिंहदरबारदेखि सर्वोच्च अदालत, विशेष अदालत, मन्त्रालयदेखि सम्पूर्ण सरकारी कार्यालयमा आगजनी र तोडफोड गरियो । त्यसको डिजाइनर उनै बालेन्द्र भएको आरोप छ । प्रदर्शनलाई उकास्न भदौ २२ गते र २३ गते साँझ उनले फेसबुकमा स्टाटस लेखेका थिए । प्रदर्शनकारीले बालेनलाई सडकमा नेतृत्व गर्नका लागि आह्वान समेत गरेका थिए । तर उनी सिंहदरबार जलाउनेहरुलाई रोक्न समेत गएनन् । ३ दिनसम्म सिंहदरबार र सर्वोच्च अदालत दनदनी बलिरहँदा निभाउन महानगरको दमकलसमेत पठाएनन् ।
ऐतिहासिक संरचनाहरुमा हालसम्मका आन्दोलन वा क्रान्तिका समयमा कुनै पनि आन्दोलनकारीले ऐतिहासिक सम्पदा जलाउने धृष्टता गरेका थिएनन् । किनकि त्यो आम नेपालीको ऐतिहासिक युगौंदेखिको सम्पत्ति थियो । अहिले जलेका भवन देखेर नेपाललाई माया गर्ने जो कोही पनि आँसु थाम्न सक्तैनन् । सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालयजस्ता महत्वपूर्ण कागजात भएका ठाउँमा खोज्दै आगो लगाइयो । तथापि बालेन्द्र साहकै निर्देशनमा आगो निभाउनसमेत काठमाडौं महानगरपालिकाको दमकल जान दिइएन ।
भनिन्छ, बालेन्द्र साह सुशीला कार्की नेतृत्वको अहिलेको सरकारका डिजाइनर हुन् । उनी डीप स्टेटको प्रतिनिधि भएको बुद्धिजीवीहरुले आरोप लगाएका छन् । उनकै योजनामा देशमा आगो लगाइएको अहिले बजारमा चर्चा छ । आगो लागेको खरानीमाथि सुशीला कार्कीले चुनावी सरकारको नेतृत्व गरेकी छन् । उनै बालेन्द्र साहका कानूनी सल्लाहकारलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बालेन्द्र साह (बालेन)का बाबु डा.रामनारायण साह नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा निलम्बनमा परेका थिए । उनले भारतको पटनाबाट इन्टरमिडियट, पटना विश्वविद्यालयबाट बीएएमएस र गुजरात विश्वविद्यालयबाट आयुर्वेदमा एमडी भन्दै आयुर्वेद विभागमा जागिर खाएका हुन् ।
इन्टरमिडियट लेबलको प्रमाणपत्र उनले भारतको पट्नाबाट खरिद गरी ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन भएको थियो । अख्तियारले उनले ल्याएको कलेजको इन्टरमिडियट लेबलको प्रमाणपत्रको रेकर्ड छ कि छैन भनि पत्रचार गर्दा रेकर्ड नभेटिएको भन्ने जवाफ आएका कारण मुद्दा दर्ता गरेको स्रोतले डायरी एक्सप्रेसलाई बतायो । रामनारायणका विरुद्धमा अख्तियारले २०६६ सालमा अभियोग दर्ता गरेको थियो ।
नक्कली प्रमाणपत्र प्रयोग गरेका रामनारायण सिंहदरबार बैद्यखाना विकास समितिका कार्यकारी निर्देशक भएर २०५८ साल मंसिर २९ गते देखि २०६३ साल वैशाख ३१ गतेसम्म काम गरेका थिए । यसरी साहले चार वर्षको कार्यकाल भए पनि चार वर्ष ५ महिना जागिर खाएका छन् ।
चारबर्षे कार्यकाल भएको सिंहदरबार वैद्यखाना विकास समितिको निर्देशक पदमा पनि उनी धाधली गरी पाँच महिना बढी बसेर अकूत कमाएका थिए । जसबाट उनलाई बढी नै फलिफाप हुन पुग्यो । त्यसपछि उनले सिनामंगलमा घर बनाएको एक जना स्वास्थ्य मन्त्रालयकै कर्मचारीले खुलासा गरे । यसरी शाहले बैद्यखानाको रसको राम्ररी स्वाद पाएका थिए ।
रामनारायण साहको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ हो । बालेन यहाँसम्म प्रचारको पछि लाग्छन् भन्ने विषयमा आफ्नो कारमा लेखिएको बालेनको कम्पनीको ओ लाई मेटेर बालेन लेखेका छन् । यसैबाट उनी कति प्रचारका भोका छन् भन्ने कुराको प्रष्ट झल्किन्छ । जबकि उनका बाबु रामनारायण प्रमाणपत्र कीर्ते र भ्रष्टाचारको आरोपमा निलम्बन भएका हुन् ।
पाँच बर्ष निलम्बनमा परेका शाहलाई सर्वोच्च अदालतका न्यायाधीश दामोदर शर्माले भ्रष्टाचार मुद्दामा जिताइदिएका थिए । पूर्व प्रधानन्यायाधीश शर्मा न्यायालयमा अत्याधिक विवादमा आएका प्रधानन्यायाधीश हुन् । उनी अहिले गाई पालेर भारतको हरिद्वारमा बसेका छन् ।
शर्माकै कारण सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली, दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, ओमप्रकाश मिश्र जस्ता नियुक्ति भए । जसका कारण सिंगो न्यायालयको नै शाख गिर्न पुग्यो । योग्य र इमान्दार न्यायाधीशहरु केशरीराज पाण्डे, जागेश्वर सुवेदी, अलि अकबर मिकरानीहरुलाई तत्कालीन पुनरावेदन अदालतको प्रमुखबाट सर्वोच्च आउन नपाइ बिदाई गरियो ।
त्यसैगरी सर्वोच्च अदालतका काबिल योग्य र इमान्दार न्यायाधीश भनेर चिनिएका प्रकाश वस्ती करार म्याद न नथपिदिएपछि बाहिरिन बाध्य भए ।
नगरप्रमुख बालेनले भ्रष्टाचार गरेको भन्दै आफ्नै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई २०८१ साल पुस ८ गतेपछि कार्यकक्षमा ताला लगाएर हाजिर गर्न रोकेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंविरुद्ध उनले छानविन गर्न समिति नै बनाएपनि कुनै दोष नदेखिएपछि प्रतिवेदन नै सार्वजनिक गरिएन । यसैकारण संघीय मामिला मन्त्रालयले पुनः काठमाडौं महानगरपालिकामै पठाएर हाजिर गर्न निर्देशन दियो । त्यसपछि उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा ताला फोडेर हाजिर गराइएको थियो ।
लामो समय कर्मचारी र जनप्रतिनिधिहरुले तलब भत्ता नपाएपछि अस्तब्यस्त भएको महानगरपालिकालाई जनप्रतिनिधि र कर्मचारी मिलेर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएका थिए । प्रमुख बालेन भने प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने नगरप्रहरीलाई गलत आदेश दिएर काभ्रेतिर घुमघामका लागि गएका थिए ।
काठमाडौं महानगरका प्रमुख बालेन साहले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गरिएको फोहोर बापत पूर्व राजा ज्ञानेन्द्रलार्ई सार्वजनिक सम्पत्ति तोडफोड लगायत अन्य कुरामा रु. ७ लाख ९३ हजार जरिवाना तिराउनेगरी पत्र पठाएका थिए । त्यो पत्र पूर्वराजाको सचिवालयले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको बताइन्छ । जबकि त्यो कार्यक्रमको आयोजक दुर्गा प्रसाईको राष्ट्र राष्ट्रियता र धर्म संस्कृति बचाऔं महाअभियान र नवराज सुवेदी संयोजक रहेको राजसंस्था पुनःस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले कार्यक्रममा लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति नै लिएर कार्यक्रम गरेको थियो ।
बालेनका नगर प्रहरीका ज्यादतीका कारण फुटफाथ ब्यापारी शान्त गिरीले आत्महत्या गर्न बाध्य भएको भूगोलपार्कका एक ब्यापारी बताउँछन् । तथापि राजु पाण्डे नेतृत्वको नगर प्रहरीको ज्यादती रोकिएको छैन । अझै बढोत्तरी भइरहेको छ । आफ्नै डिजाइनमा गरिएको सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, संसद भवन, अन्तर्राट्रिय सम्मेलन केन्द्रलगायतका सयौं सरकारी संरचनाहरु, भाटभटेनी, हिल्टन होटल, युलेन्स स्कूललगायतका निजी ब्यवसायिक प्रतिष्ठान र संस्थाहरु, नेपाल प्रहरीका कार्यालयहरु खरानीमा परिणत भएका छन् ।
यो हिंसामा भएको क्षतिको बालेन्द्र साहलाई कसले कहिले जरिवाना तिराउने ? भविष्यमा त्यो दिन पनि नआउला भन्न सकिदैन । काठमाडौंका जनतालाई नेपाली कांग्रेसका नेता गणेशमान सिंहले भेडाको संज्ञा दिएका थिए । यस्तै प्रबृत्तिलाई गणेशमानले चित्रित गरेका थिए होलान् । ६१७६७ मतले बालेन्द्र विजयी बनेका थिए भने उनै गणेशमान सिंहकी बुहारी सिर्जना सिंहले नेपाली कांग्रेसका तर्फबाट उक्त निर्वाचनमा ३८३४१ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३८११७ र चौथो स्थानमा स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३७७० मत पाएका थिए । डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend