बनेपा। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उहाँले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताउनुभयो । त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उहाँले भन्नुभयो । अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरुको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रा सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो क्रममा उहाँले समाजवाद लागू भयो कि भएन भन्ने विषयमा नभएर त्यसतर्फ उन्मुख छ कि छैन भन्ने बहस मात्रै गर्न उहाँले नेतृत्वलाई आग्रह गर्नुभयो । “समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकको तुलनामा हामी पूँजीवादी जनवादी क्रान्ति सन्पन्न गरियो भन्ने अवस्थामा देशले समाजवादोन्मुख अर्थतन्त्र, त्यसको उत्पादन सम्बन्ध र वितरण प्रणालीतर्फ हामी कहाँ छौँ र कति गरिरहेका छौँ भन्ने बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो । आफ्नो शक्ति र महत्व बुझ्न नसकेर उज्यालोबाट अन्धकारतिर जान खोज्नु शक्ति छिन्नभिन्न बनाउने र देशमा केही हुन्छ भन्ने आशा, विश्वास र भरोसालाई धरासायी बनाउने खालको गल्ती गर्दै त छैनौँ भन्ने प्रश्न गर्दै उहाँले नेतृत्व तहमा भएको विवादप्रति इङ्गित गर्दै भन्नुभयो, “कुनै कमजोरीका निम्ति एउटा सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँ ।” त्यसरी गरेको हमला आफ्नै घुँडामाथिको कडा बञ्चरो हुनसक्ने भएकाले त्यसतर्फ नेतृत्वले सोच्न उहाँले सुझाव दिनुभयो । कार्यक्रममा उहाँले नगरपालिकाले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, पुललगायतका भौतिक संरचना निर्माण गर्ने एउटा काम सकेकाले अब कुन ठाउँमा घर बनाउने र कुन ठाउँमा उत्पादनका लागि खेतीयोग्य ठाउँ बनाउने तथा कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने कुराका योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाले त्यसतर्फ अगाडि बढ्न सुझाव दिनुभयो ।
त्यससँगै सडक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा अब विपी राजमार्गले दिनसक्ने लाभबाट रोजगारी के सिर्जना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै त्यसतर्फ योजना बनाएर अघि बढ्नसमेत उहाँले नगरपालिकाको नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा सांसद गङ्गाबहादुर तामाङले नेकपाको दुईतिहाइको सरकारले केही पनि गरेको छैन भन्ने बजार हल्ला विपक्षी दलले अत्तालिएर गरेको भ्रामक प्रचार मात्रै भएको बताउँदै विकासका पूर्वाधार निर्माण भइसकेको बताउनुभयो । पूर्वमन्त्री रेशम लामाले नगरपालिकाको नेतृत्वले जस्तोसुकै विवादको विषयलाई पनि सामना गरेर इँटाभट्टा हटाउनेदेखि अन्य विकास निर्माणका काममा मोलेको चुनौतीका कारण आज भौतिक विकासले फड्को मारेको बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले नगरपालिकाले बजार क्षेत्र मात्रै हेरेर सम्पन्न नगरपालिकाको कुरा गर्न नमिल्ने बताउनुभयो । नगरभित्रका विकट बस्ती र त्यहाँका नागरिकको जीवनस्तर उकास्ने खालका काम गर्दै अगाडि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो ।
अर्का प्रदेशसभा सदस्य रत्न ढकालले नमोबुद्ध नगरपालिकाले गरेको विकास निर्माणको कामको प्रभाव नजिकका नगरपालिका र गाउँपालिकामा समेत पर्ने भएकाले नगरपालिकाले खेलेको भूमिकालाई फरक ढङ्गले बुझ्न र हेर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सहयोग गर्न सबै तहका सरकारको साथ र सहयोग रहने उहाँले बताउनुभयो । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले स्थानीय तहमा योजना निर्माणमा सहयोग गर्नुका साथै पूर्वाधार लगानीमा समेत साथमा रहेर भवन संहिताको कार्यान्वयन तथा प्राविधिक सहयोग गर्ने काममा अगाडि बढिरहेको बताउनुभयो । सो क्रममा विभागको तर्फबाट एक वर्ष अगाडि शुरु भएको दुईवटा पक्की मोटरबाटो उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाले कोरोना भाइरसको जोखिमका बीचमा उत्कृष्ट काम गरेका कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मान गर्नुका साथै ‘जनप्रतिनिधिका तीन वर्ष’ नामक पुस्तक विमोचन गरिएको थियो ।रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend